Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान पूर्वी क्षेत्रका तीन आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुहुने भएको छ । राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गरी समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्वघोषणा बमोजिम सो क्षेत्रका आयोजनाहरुको निरीक्षण गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

cm-parchanda

प्रधानमन्त्री दाहालले निर्माणाधीन ४५६ मेघावाटको तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने १६२ किलोमिटर लामो उत्तर–दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।

निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगति अवस्था, समस्या, चुनौति र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन गर्नुहुने बताईएको छ ।

तपाईको प्रतिक्रिया