Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

deuba-with-modi

नयाँदिल्लीको साउथ ब्लकमा बिहान १० बजेर ४० मिनेटमा भेटवार्ताको हुने छ ।यसअघि आइतबार भेट हुने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको व्यस्तताका कारण हुन सकेको थिएन ।

भेटमा दुई पक्षीय हित र आपसी सहयोग विस्तारका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी नेपालको राजनीतिक अवस्था, संविधान संशोधन प्रक्रियालगायतका विषयमा पनि छलफल हुने छ ।

यसअघि सभापति देउवाले हिजो भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग भेटवार्ता गर्नुभएको थियो ।  गत शुक्रबार गोवाको एक कार्यक्रममा भाग लिन भारत जानुभएका देउवा भोली काठमाडौं फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया