Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ काठमाडौँमा आउनुभएको छ ।  अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दुतावासका कर्मचारीले स्वागत गरेका छन् । वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो ।

ff

एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत यु होङ बरिष्ठ कुटनितिज्ञ पनि हुनुहुन्छ । ५१ वर्षीय राजदूत यु होङ काठमाडौँ आउनु अघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत रहन्भएको थियो । राजदूतको रुपमा महिला कुटनीतिज्ञ पठाउनु चीनको नेपाल नीति परिवर्तन हुदैछ भन्ने बुझ्न सकिन्छ ।

अहिले नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला छन् भने नेपालका लागि अमेरिकी राजदूत पनि महिला नै छन् ।

तपाईको प्रतिक्रिया