Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ ।अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरेर एटिएम पिन नम्बर तत्कालै परिवर्तन गर्न आग्रह गरेको हो ।

व्यूरोले बैंकको एटिएमबाट डाटा चोरी गरेर अवैध रुपमा पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बुल्गेरियन नागरिकलाई सार्वजनिक समेत गरेको छ । ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले अर्काको एटिएमबाट डाटा चोरेर अनधिकृत रुपमा पैसा चोरी गरेको सूचनाको आधारमा बुल्गेरियन नागरिक नियन्त्रणमा लिएको बताउनुभयो ।

पक्राउ परेका तीन जनाबाट ब्यूरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटिएम, हिडन क्यामेरा, नक्कली एटिएम नम्बर, किप्याड, कार्ड पर्सनलाइजेसन मेसिन लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा डिआइजी सिलवालले चोरीमा सक्रिय गिरोहले महंगा सामाग्री खरिद गर्ने गरेको बताउनुभयो । उहाँले एटिएमबाट चोरी गरेको पैसाले महंगा लुगा, मोबाइल, घडीलगायतका सामाग्री किनेर विदेश लगेर बेच्ने गरेको बताउनुभयो । उहाँले नेपालमा चोरी गरेको गरेको पैसाले चलेको रेट भन्दा महंगोमा डलर साटेर लैजाने गरेको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया