Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अर्काको एटिम कार्डबाट पैसा निकाल्ने तीन जना रोमानियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट नेपाल आउँदा साथमा हिडन क्यामेरा, स्किम डिभाइस तथा विभिन्न बैंक कार्ड र कार्ड राइटर लिएर नेपाल आउने र एटिमबाट पैसा निकाल्ने तीन जना रोमानियनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको हो ।

उनीहरुले ठमेल तथा दरबारमार्ग क्षेत्रका विभिन्न बैंकबाट नेपाली तथा विदेशीको खातामा रहेको पैसा निकाल्ने गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । रोमानियाका घिटा हुजुम, ४८ वर्षे इसिफ मोउरा, ४५ वर्षे एलेक्स क्रिस्टियन बुल्घिनलाई ठमेलको नेपाल तारा होटलबाट गएको शुक्रबार सिआइबीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले तीन लाख आठ हजार पाँच सय रुपैयाँ, दश हजार नौ सय पाँच युरो, चार सय ७० फिलिपिनी मुद्रा, विभिन्न बैंकका तीन सय ५३ वटा एटिएम, ६ वटा मोबाइल, दुई वटा ल्यापटप, हिडन क्यमेरा, कार्ड पर्सनलाइज मेसिन, २५ लाख रुपैयाँ पर्ने स्वीस घडी बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया