Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – जिल्ला वन कार्यालय काठमाडौँले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ ।

कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताउनुभयो । काठमाडौँ जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ ।

उहाँले भन्नुभयो–“काठमाडौँमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन ।” राम्रो काठ उत्पादनका लागि ३६ इञ्चभन्दा बढी गोलाइ तथा १५ फिटभन्दा अग्लो रुख राम्रो हुन्छ । तर काठमाडौँको वनको काठ पोल (सानो) साइजको रहेको छ । काठमाडौँमा हाल १४३ सामुदायिक वन रहेको छ ।

काठमाडौँको पुनःनिर्माणका लागि करिब ४० हजार क्यूफिट काठ चाहिने कार्यालयले जनाएको छ । काठमाडौँमा चाहिने काठ तराईका विभिन्न जिल्लाबाट झिकाउने तयारीसमेत भएको प्रवक्ता दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया