Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

खोटाङ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा निर्वाचन हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ishor-pokhrel

प्रेस चौतारी नेपालले खोटाङ सदरमुकाम दिक्तेलमा सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचन प्रकृया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देशविदेशका शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको बताउनुभयो ।

दलको भूमिकालाई कमजोर बनाएर छेउ लगाउँदै लोकतन्त्रलाई कमजोर र नाम मात्रको बनाउन सबै तिरबाट निर्वाचनलाई टार्ने षडयन्त्र भइरहेको महासचिव पोखरेलले आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले नेपालका ‘ओरिजिनल’ नागरिकको अधिकार कुण्ठित पार्न अंगिकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउने षडयन्त्र भइरहेको बताउनुभयो ।

उहाँले अंगिकृत नागरिक सम्बन्धी संसारमै नभएको अभ्यास नेपालमा सम्भव नभएको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिकरुपमा नल्याइएको बताउनुभयो । संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनु पर्ने उहाँको भनाई छ ।

अर्को प्रसँगमा महासचिव पोखरेलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणकाबेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको टिप्पणी गर्नुभयो ।

उहाँले निलम्बित अख्तियार प्रमुख लोकमानसिं कार्की बिरुद्धको महाअभियोगका पक्षमा कांग्रेस उभिने र महाअभियोग पारित भएरै छाड्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया