Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

Prachanda

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताउनुभयो । “प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ”–उहाँले भन्नुभयो । वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ ।
भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले ‘काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त बनाउने’ योजनाबारे नेपाल विद्युत् प्राधिकरणसँग खाका ल्याउन निर्देशन दिनुभएको छ ।
बिहान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले उपत्यकालाई तत्कालै विद्युत्भार कटौती गर्ने आफ्नो सङ्कल्पअनुरूप अघि सारेको ‘काठमाडौँलाई विद्युत्भार कटौती बनाउने’ योजनामा सहयोग गर्न निर्देशन दिनुभयो । नयाँ योजना सञ्चालनका लागि तयारी गर्न, विद्युत् चोरी, बक्र्यौता नतिर्नेजस्ता समस्या समाधान गर्न, देशलाई विद्युत्भार कटौती गर्ने कार्ययोजना तयार गर्न र ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो ।
सोही अवसरमा निर्देशक घिसिङले प्राधिकरणले उपत्यकामा लोडसेडिङ अन्त्य गर्दै देशभरि नै अन्त्य गर्ने कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया