Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

varottolan

टोकियो – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज जापानको टोकियो आउने भएका छन् । नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष/महिला खेलाडीले भाग लिने छन् ।
पुरुषको ६२ केजीमा प्रकाश केसी र महिला ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएको छ । केसीले युथ र जुनियर दुवैमा खेल्नेछन् भने श्रेष्ठले जुनियरतर्फ मात्र सहभागिता जनाउने छिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ । प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ ।
स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी कमलाको व्यक्तिगत उच्च प्रदर्शन हो । ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै टोकियो जाँदैछन् । टण्डन नोभेम्बर ९ तारिखमा हुने एसियाली कोंग्रेस र एसियाली भारोत्तोलनको कार्यकारी बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया