Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीकातर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ । नेवादाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमणको प्रयास भएको हो ।donald-trump

बीबीसीका अनुसार उक्त चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सभामा सहभागी मानिसकाबीच केही शंकास्पद मानिस देखा परेका थिए । ट्रम्पले सभालाई सम्बोधन गर्दैगर्दा रोकिएर शंकास्पद गतिविधि गर्दै गरेको मानिसतर्फ हेरे । ट्रम्प रोकिएको निमेशभरमै सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाएको बीबीसीले जनाएको छ । एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुईमा लडाएर शरीरको तलासी लिए । सुरक्षाकर्मीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

पक्राउ परेका व्यक्तिबाट कुनै हतियार भने फेला नपरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसको केही समयपछि ट्रम्प पुन चुनावी सभालाई सम्बोधन गर्न मञ्चमा आएका थिए । सम्बोधनका क्रममा ट्रम्पले हिराली क्लिन्टनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।

घटना लगत्तै ट्रम्पका पुत्र डोनाल्ड ट्रम्प जुनियरले ट्विट गर्दै भनेका छन्, ‘मेरा पिताले फेरि देखाएका छन् कि उनी डटिरहन्छन् र तपाईहरुका लागि निरन्तर लडिरहन्छन् ।’

तपाईको प्रतिक्रिया