Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आफ्ना–आफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ । america-president-election-1

यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन् । ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको इमेल लगायतका काण्डलाई विशेष व्याख्या र आकर्षक बनाइ छापिएका छन् । राष्ट्रपतिका अर्का उम्मेदवार क्लिन्टनले आफ्नो चुनावी अभियानमा शनिबार वियोन्स जस्ता सुपरस्टार गायक लगायतका आफ्ना शुभेच्छुकलाई चुनावी अभियानमा ल्याउनुभयो ।

अमेरिकी सर्वेक्षणले शनिबारसम्म क्लिन्टनलाई अगाडि देखाए पनि उहाँको इमेल काण्डलाई एफबिआइले निर्वाचनको सङ्घारम आएर सशक्त उठाइदिँदा ट्रम्पप्रति यसअघि देखिएको समर्थनमा थप वृद्धि भएको देखिएकोे छ ।

क्लिन्टनले आफ्नो चुनावी अभियानलाई शुक्रबार र शनिबार क्लेभल्याण्ड, ओहायो, डेट्रोइट, मिचिगन क्षेत्रमा केन्द्रित बनाउनुभयो । –एजेन्सी

तपाईको प्रतिक्रिया