Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

sanjaya-neupaneकाठमाडौं – आर्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा आज निधन भएको छ ।

स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित पत्रकार न्यौपाने झण्डै एक बर्ष देखि उपचार गराइरहेका थिए । उनको शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्नायु प्रणाली सम्बन्धी रोग लागेपछि उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।उनको स्वास्थ्यमा सुधार आइरहेकै बेला गत बिजया दशमीको दिन एक्कासी बेहोस भएर ढलेपछि उनलाई पुनः मेदान्त लगिएको थियो ।

लामो समय आर्थिक पत्रकारितमा क्रियाशिल रहेका न्यौपाने कारोबार दैनिकका पूर्व सम्पादक हुन् । कान्तिपुर दैनिकमा लामो समय आर्थिक पत्रकारिता गरेका उनले त्यहाँ बिजनेस ब्युरो प्रमुख र चिफ रिपोर्टर भएर जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व उपाध्यक्ष पनि हुन् ।

२०१४ को सेप्टेम्बरमा भएको एनआरएनको तातेसिना सम्मेलनमा अरु पत्रकारहरुसहित पत्रकार न्यौपाने पनि जापान आएका थिए ।***

तपाईको प्रतिक्रिया