Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर  – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार संविधान संशोधनमा आलटाल गरिरहेको आरोप लगाउनु भएको छ । अहिलेसम्म संविधान संशोधन गर्ने भन्दै ७ पटकसम्म समय थपि सकेको भएपनि अहिलेसम्म पनि त्यस बारेमा गम्भीर नभएको आरोप लगाउनु भएको हो ।

upendra

अन्तिम पटक नभए छठ सकिने बित्तिकै संविधान संशोधन गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘यदि त्यो भनाई अन्तिम हो भने उहाँले छठ लगतै संविधान संशोधन गरेर मधेसको निकास खोज्नुहुनेछ । तत्काल समस्याको निकास नखोजिए माग सम्बोधन नभए मधेसी जनता फेरि चुप लागेर बस्ने अबस्था नआउने र त्यसले अर्कै मोड लिने भएकोले सरका संविधान संशोधन सँगै मधेसका मागको बारेमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।

अहिले नै संविधान संशोधन गरेर मधेसका मुद्दा सम्बोधन नगरे देशमा द्वन्द्व निम्तिने उल्लेख गर्नुभयो । शनिबार विराटनगर विमानस्थलमा यादवले स्थानीय निकाय पुनर्संरचनाको कामलाई नौटंकीको संज्ञा दिनु भएको छ ।

संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनर्संरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने बताउनु भयो ।

पहिला संविधान संशोधनका लागि बिधेयक ल्याएर संविधान संशोधन भएपछि मात्र अन्य बिषयमा कुरा गर्न सकिने जिकिर गर्नुभयो । उहाँले अहिलेको संघीयतालाई एकात्मकताको संज्ञा दिँदै स्थानीय निकाय पुनर्संरचना आयोगको औचित्य नरहेको बताउनुभयो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटको बारेमा पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष यादवले सबै मिलेर अघि बढ्न भनेर दलहरु बिचमा छलफल भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया