Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले संविधान संशोधन गर्ने बारेमा सहमति भइनसकेको बताउनुभएको छ ।

बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले नागरिकताको बिषयमा केही सहमति नजिक पुगिएको जस्तो देखिएपनि त्यो बाहेकका बिषय अझै मिल्न नसकेको बताउनु भएको हो । सिमाङ्कनदेखि अन्य मधेसी मोर्चाले उठाएका बिषय बारेमा छलफल भएपनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको उहाँले जानकारी दिनुभयो ।

१६ बुँदे सहमतिको जगबाट उठाएको ८ प्रदेशको पक्षमा आफू रहेको जानकारी दिनुहुँदै त्यही ठाउँमा अहिले मधेसी मोर्चा तीन बुँदामा सहमति गरेर आएको बताउनुभयो । एमाले, कांग्रेस र माओवादी बिचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य बिषयले छिट्टै पूर्णता पाउने दाबी गर्नुभयो ।

स्थानीय निकाय पुनर्संरचना आयोगले अहिले स्थानीय निकाय सिमाङ्कनको बारेमा निकास नदिने तर्क गर्नुभएको छ । उहाँले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले नेपालका राजनीतिक दलहरुमा सहमतिको वातावरण बनाएको विश्वास ब्यक्त गर्नुभयो । यसको नतिजा चाँडै आउने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया