Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

जाकर्ता – इन्डानेसियाको पश्चिमी क्षेत्रमा गत बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको छ । यस दुर्घटनामा अझै अन्य छ जना बेपत्ता रहेका र उद्धारकार्य जारी रहेको बताइएको छ ।

घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका प्रवक्ता मरसुदीले जानकारी दिएका छन् । क्षमता भन्दा बढी इन्डोनेसियाली कामदारहरु सवार रहेका र उच्चगतिका रहेको यो डुङ्गा इन्डोनेसियाको बताम द्विपमा गत बुधबार दुर्घटनाग्रस्त भएको थियो ।

खोजी तथा उद्धारका लागि प्रहरी, स्थानीय उद्धारकर्ता, स्वमसेवीलाई परिचालन गरिएको उनले बताएका छन् । बुधबार भएको यस दुर्घटनामा सुरुमा १९ व्यक्तिको मृत्यु भएको थियो । दर्जनौं शवहरु उद्धारकर्ताहरुले बाहिर निकालेकापछि शुक्रबारसम्म यो सङ्ख्या ५४ पुगेको हो ।

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको र अन्य ४१ जनालाई जलक्षेत्रबाट सकुशल उद्धार गरिएको मरसुदीले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएका छन् ।

क्षमता भन्दा बढी व्यक्ति, उच्च गति र खराव मौसमको कारण सो डुङ्गा दुर्घटना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया