Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

mahesh-palpali

काठमाडौं – ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला’ गीतका गायक महेश पाल्पालीको निधन भएको छ । बुटवल दीपनगरस्थित आफ्नै निवासमा उहाँको बिहीबार साँझ निधन भएको हो ।
वास्तविक नाम दौलतविक्रम शाह रहेका पाल्पालीले रेडियो नेपालमा एक सय ५० भन्दा बढी गीत गाउनु भएको थियो । तर, ‘हे आमा‘ सहित तीन वटा मात्र रेकर्ड भएका छन् । आर्थिक अभावमा संगीत यात्रामा सोचेजति अघि बढ्न नसक्नु भएका उहाँले आफूले रचना गरेका धेरै गीत नयाँ पुस्तालाई दिने भन्दै साँचेर राख्नु भएको थियो । पाल्पाको तानसेनमा जन्मनु भएका उहाँ काठमाडौंमा चर्चा कमाएर पुनः बुटवल फर्कि बस्नु भएको थियो । पाल्पाबाट उहाँ २०३० सालतिर बुटवल झर्नु भएको थियो ।
सेनाको मेजर रहेका बाबुले उहाँलाई पढाउन काठमाडौं ल्याएपछि नातिकाजी, तारादेवी, किरण खरेल लगायत गायक–गायिका र गीतकारहरुसँग उहाँको संगत बढेको थियो । ८८ वर्षीय पाल्पाली दम रोगबाट पीडित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया