Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – ३ दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति मुखर्जी बुद्ध एयरको विशेष विमानबाट शुक्रबार बिहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गर्ने कार्यक्रम छ ।

मुखर्जीेले जानकी मन्दिरमा पुजाअर्चर्ना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेटको कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ । जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागेको नागरिक अभिनन्दन कार्यक्रमको लागि तिरहुतिया गाछीलाई भव्य रुपमा सजाईएको छ भने ७० मिटर दुरीमा ४५ वटा स्वागतद्वारा निर्माण गरिएको छ । मुखर्जीले प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेकाले मन्दिरको सरसफाइ गरी जानकी मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ । जनकपुरको कार्यक्रम सकेर मुखर्जी आजै पोखरा जाने कार्यक्रम छ । 1478191070027_rs_ktm_161103161103_0627

जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराहृन पौने १ बजे पोखरा पुग्नुहुने मुर्खजीले त्यहाँ तीन घन्टा विताउने कार्यक्रम छ । उहाँ पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखर्जीले पोखरा–१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

पोखरा कार्यक्रम सकिएपछि मुखर्जी बेलुका ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर सिधै भारत फर्कने कार्यक्रम छ । राष्ट्रपति मुर्खजी गत बुधबार ३ दिने राजकीय भ्रमणका नेपाल आउनुभएको हो ।

तपाईको प्रतिक्रिया