Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज भारत जाँदै हुनुहु्रन्छ । गोवामा हुने इन्डिया फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्ने कार्यक्रम छ ।

इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उहाँ दिल्लीबाट आजै गोवा पुग्ने कार्यक्रम छ । फाउन्डेसन भारतीय जनता पार्टी निकटको बुद्धिजीवीहरूको संस्था हो । देउवाले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनि शुक्रबार नै भेटघाट गर्ने बुझिएको छ । देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुहुनेछ । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुनेछ भने सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राजनीतिक भेटघाट सकाएर देउवा कात्तिक २३ मा स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया