Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ef/tsf /fi6«klt;Fu k"j{ /fi6«klt e]6jftf{ g]kfnsf] tLglbg] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{;Fu Xoft xf]6ndf laxLaf/ e]6jftf{ ug'{x'Fb} k"j{ /fi6«klt 8f /fdj/0f ofbj . tl:a/ M /Tg >]i7, /f;;

काठमाडाैँ – भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज यहाँ भेटवार्ता भयो ।

भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो ।

यसैबीच, भारतका राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गर्नुभयो ।

पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच आज हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो । नेकपा (एमाले) वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

भारतीय राष्ट्रपतिले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो । नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवद्र्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया