Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जनकपुर – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ । मुखर्जीको भोलि (शुक्रबार) जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

उहाँको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ । जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा मुखर्जीको ठूला तस्बिरसहित ‘सीतानगरी जनकपुरधाममा स्वागत छ’ भनी लेखिएको छ । मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले सजाइएको छ भने सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ ।

त्यस्तै भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुरधामवासीद्वारा गरिने अभिनन्दनस्थल तिरहुतिया गाछीमा उच्च सुरक्षा निगरानीमा मञ्च निर्माण र पण्डाल व्यवस्थापनको कार्य पनि पूरा भएको छ । मुखर्जीको जनकपुरधाम भ्रमण सन्दर्भमा सवारी मार्गमा सुरक्षा अभ्यास पनि सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुुरक्षाको व्यवस्था गरिएको बताउँदै नागरिक अभिनन्दनस्थल तिरहुतिया गाछी र जानकी मन्दिरको सुरक्षाको जिम्मा नेपाली सेनासहितको सुरक्षा टोलीलाई दिइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया