Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – ३ दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले भेटवार्ता गर्दैछन् ।

मुखर्जी बसेको होटल हायातमा पुगेर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले भेटवार्ता गर्न लागेका हुन् । मुखर्जीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने र मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुसँग भने सामूहिक भेटघाट गर्ने बताइएको छ ।

राजनीतिक भेटघाट अघि राष्ट्रपति मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने कार्यक्रम छ । काठमाडौं महानगरपालिकाले मुखर्जीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि आजै रहेको छ । मुखर्जीले भोलि जनकपुर र पोखराको भ्रमण गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया