Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताउनुभएको छ ।

नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बेलुकी आफ्नो सम्मानमा आयोजना गर्नुभएको रात्रिभोज समारोहमा भन्नुभयो, ‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ ।’ नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गर्नुभयो । शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उहाँको प्रतिबद्धता थियो ।

प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउनुभयो । हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक सम्मेलनमा क्षेत्रीय र उपक्षेत्रीय तहमा आफ्ना तर्फबाट उक्त विषयलाई प्रधानताका साथ अघि बढाएको पनि उहाँले स्मरण गराउनुभयो ।

तपाईको प्रतिक्रिया