Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । भारतका राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । उहाँले आजै राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबीच शितल निवासमा भेटवार्ता हुने छ । मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ उहाँ नेपाल रहदासम्मको कार्यतालिका यस्तो छ :  1
१७ गतेको कार्यक्रम
– राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा स्वागत
– राष्ट्रपति भण्डारीसँग शीतल निवासमा दुईपक्षीय भेटवार्ता
– भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
– होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
– साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागी
१८ गतेको कार्यक्रम
– पशुपतिनाथमा पुजाअर्चना
– काठमाडों विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्स सक्लव) मा सहभागी
– काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
– इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
– होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
– साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उहाँको सम्मानमा रात्रिभोज
१९ गतेका कार्यक्रम
– जनकपुर भ्रमणको लागि पस्थान
– जानकी मन्दिरमा पुजाअर्चना
– नागरिक अभिनन्दन र सम्बोधन
– जनकपुरबाट पोखरा प्रस्थान
– पोखरा ग्रान्डी होटलमा लञ्च
– भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
– साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान

तपाईको प्रतिक्रिया