Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

pranab-mukherjee_president-of-india

काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो आउँदै हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नुहुनेछ ।
उहाँको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गर्नुभएको थियो ।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ । उहाँको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।
राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले आजै शीतलनिवासमा भेटवार्ता गर्नुहुनेछ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया