Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

kasmir

काठमाडौं – जम्मू कास्मिरमा पाकिस्तान तर्फबाट अन्तराष्ट्रिय सीमामा भइरहेको गोलाबारीमा आठ जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन्
समाचार संस्था पीटीआईले साबाका डिप्यूटी कमिश्नर शीतल नन्दालाई उद्धृत गर्दै जनाएअनुसार साबामा रमगढ सेक्टरमा भएको गोलाबारीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य नौ घाइते भएका छन् । नन्दाका अनुसार यसै क्षेत्रमा गोलाबारीका कारण एइ व्यक्तिको आत्तिएका कारण मृत्यु भएको छ । यसका साथै पुछ जिल्लाको नौशेरा सेक्टरमा बमले दुई महिलाको मृत्यु भएको छ तथा अन्य १३ जना घाइते छन् । प्रहरीका अनुसार पाकिस्तान तर्फबाट लगातार गोलाबारी जारी छ तथा यसमा सेनाका लागि काम गर्ने तीन कुल्ली पनि घाइते भएका छन् ।
भारतले सर्जिकल स्ट्राइक गरेको दाबी गरेपछि अहिलेसम्म सीमामा भएको गोलाबारीमा १८ जनाको मृत्यु भएको छ जसमध्ये १२ आम नागरिक रहेका छन् । यी घटनाहरुमा ८० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया