Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

thiharकाठमाडौँ –यमपञ्चक अन्तर्गत आज भाइटीका अर्थात तिहारको मख्य दिन । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । नेपाल र भारतमा मात्र नभई विश्वका बिभिन्न कुनामा बस्ने नेपाली र त्यहाँका स्थानीयले पनि तिहारलाई महत्वका साथ रमाइलो गरेर आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । यसै सन्दर्भमा कुन देशमा तिहार कसरी मनाइन्छ, भन्नेबारे हामीले एक सामाग्री तयार पारेका छौं ।

जापान
जापानबासी नेपालीहरुले तिहार धुमधामसँग मनाउने गर्दछन् । जापानको टोकियो, ओसाका, नायोगा, योकोहामा लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाई तिहार मनाउने गरेका छन् । त्यसो त नेपालीहरुले तिहार मनाउदै गर्दा जापानीहरु पनि रमाइलो गर्ने गर्दछन् । टोकियोमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै आफ्नो संस्कृति र परम्परा मनाउने चलन बढ्दै गएको छ। जापानका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुले जमघटगरी देउसी भैलो खेलेर पनि तिहार मनाउने गर्ने गरेको जापानबासी नेपालीहरु बताँउछन् । h

अमेरिका
अमेरिकाका थुप्रै शहरमा दीपावली आयोजना गरिन्छ । सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलो पटक दीपावली मनाइएको थियो । त्यसो त अमेरिकामा नेपालीको संख्या पनि धेरै नै छ । पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिने पहिलो राष्ट्रपति बने । सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् । अहिलेको तिहारका पनि ओवामाले राष्टपति कार्यालयमा दिप प्रज्वलन गरी तिहार मनाउनभएको छ । 1477881945obama

इण्डोनेसिया
इण्डोनेसियाको जनसंख्याको दुई प्रतिशत हिन्दुहरु छन् । दक्षिणपूर्वी एशियाको ठूलो देश मानिने इण्डिोनेसियामा पनि दिपावली पर्व मनाउने गरिन्छ । त्यसैगरी दक्षिण अफ्रिका, गुएना, मौरिसस लगायतका देशहरुमा पनि कतिपय नागरिकहरुले दिपावली मनाउने गरेका छन् । क्यानडनलाई पनि दिपावलीले छुने गरेको छ ।

मलेसिया
मलेसियामा भारतीय उपमहाद्विपको परम्परा अनुसार दिपावली मनाइन्छ । यस अवसरमा मलेशियाई हिन्दू (तमिल, तेलुगु र मलयाली) ले ओपन हाउसेस आयोजना गर्ने गर्दछ्, जसमा भोजनका लागि आफ्नो घरमा फरक–फरक जाति तथा धर्माबलम्बीहरुलाई स्वागत गरिन्छ । मलेसियाको जनसंख्याको ८ प्रतिशत हिन्दुहरु रहेकाले त्यहाँ दिपावली अनिवार्य रुपमा मनाउने गरिन्छ । त्यहाँ ठूलो संख्यामा रहेका नेपालीहरुले पनि दिपावलीमा रौनक थप्ने गरेका छन् ।

सिंगापुर
सिंगापुरमा रहेका हिन्दुहरुका लागि दिपावली एक वार्षिक उत्सव हो । यहाँ अल्पसंख्यक भारतीय समुदाय (तमिल) ले यसलाई मुख्यरुपमा मनाउँछन् । सिंगापुरमा दिपावलीमा यहाँ सार्वजनिक विदा दिइन्छ । सिंगापुर प्रहरीमा रहेका नेपालीहरुले पनि तिहार मनाउँछन् । ec755655-5ce8-4166-a588-16cbf24dc2a6अष्ट्रेलिया
अष्ट्रेलियाको मेलबर्नमा दिपावलीलाई भारतीय मूलका व्यक्ति तथा स्थानीयवासी मिलेर सार्वजनिक रुपमा मनाउँछन् । सेलिब्रेट इन्डिया इ–कर्पोरेसनले सन् २००६ मा मेलबोर्नमा प्रतिष्ठित फेडरेसन स्क्वायरमा दीपावली समारोह सुरु गरेको थियो । अहिले यो समारोह मेलबर्नको कला क्यालेन्डरको हिस्सा बनेको छ र शहरमा एक हप्ताभन्दा बढि समय यो पर्व मनाइन्छ । भिक्टोरियन संसद, मेलबोर्न संग्रहालय, फेडरेसन स्क्वायर, मेलबोर्न हवाई हड्डा सहित थुप्रै प्रतिष्ठित भवन एक सातासम्म साजसज्जा गर्ने गरिन्छ ।

श्रीलंका
श्रीलंकामा तमिल समुदायले दिपावली मनाउने गर्छन् । यस दिन बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउने, एक–अर्कालाई उपहार दिने, मन्दिरमा गएर पुजा गर्ने गरिन्छ । बेलुकी पटका पड्काउने चलन यहाँ पनि छ ।

बेलायत
बेलायतमा रहेका भारतीय र नेपालीहरुले उत्साहपूर्वक दीपावली मनाउँछन् । मानिसहरु आफ्नो घरलाई दीप तथा मैनबत्तिले सजाउँछन् । लड्डु, बर्फी जस्ता मिठाइहरु आपसमा आदान प्रदान हुन्छ । सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरन आफ्नी पत्नीका साथ स्वामीनारायण मन्दिरमा आयोजित दीपावली उत्सवमा सरीक भएका थिए । diwali-decoration-ideas-wallpapers3

न्युजिल्याण्ड
न्युजिल्याण्डमा दीपावली दक्षिण एशियाली प्रवासीको सांस्कृतिक समूहहरुबीच सार्वजनिक रुपमा मनाइन्छ । सन् २००३ मा न्यूजिल्याण्डको संसदमा आधिकारिक रुपमा दीपावली मनाइएको थियो ।

यसबाहेक थाइल्याण्ड, फिलिपिन्स, फिजी लगायतका देशहरुमा पनि रमझमका साथ दिपावली मनाइन्छ । फिजीमा त दीपावलीका दिन सार्वजनिक विदा दिइन्छ । यहाँको जनसंख्यामा एक तिहाई हिस्सा ओगट्ने हिन्दूूहरुले एकसाथ दीपावली मनाउँछन् । (एजेन्सीहरुको सहयोगमा)

तपाईको प्रतिक्रिया