Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो । प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उहाँले सभापति देउवाले भन्नुभयो, ‘संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।’

उहाँले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन काँग्रेस लाग्नुपर्ने बताउनुभयो । देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया