Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

Sofn]08/ nf]sfk{0f k|wfgdGqL k'iksdn bfxfn g]kfn ;+jt !!#& sf] cj;/df Gx"bF ;df/f]x ;ldltåf/f j;Gtk'/df ;f]daf/ cfof]lht sfo{qmddf g]kfn ;+jtsf] Sofn]08/ nf]sfk{0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेरै भए पनि नेपाल संवत्लाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको “भिन्तुना सभा” लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल संवत्लाई व्यवहारमा लागू गर्न संशोधन मार्फत संविधानमै उल्लेख गरिने बताउनुभएको हो । नेपाल संवत् घोषणा मात्रै गर्नेभन्दा पनि त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न बुद्धिजीवी र सरोकारवाला सबैको उत्तिकै भूमिका हुने विचार प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो ।
“आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत असन्तुष्ट समुदायका अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्न सरकार बाहिर रहेका सबै राजनीतिक दलसँग छलफल भइरहेको छ, अब छिट्टै संविधान संशोधन गरिनेछ” – उहाँले भन्नुभयो । संविधान संशोधनपछि स्थानीय तहको निर्वाचनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेपाल संवत्लाई नेपालको मुद्रा तथा कागजी नोटमा अङ्कित गर्नुपर्ने, विद्यालय तथा महाविद्यालयस्तरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्को विषयमा पठनपाठन गराउनुपर्नेलगायत न्हूँद रािष्ट्रय समारोह समितिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेसमेत उहाँले विश्वास दिलाउनुभयो । केही दिनअघि समारोह समितिले प्रधानमन्त्री दाहाललाई भेट गरी राजधानीमा शङ्खधरको पूर्णकदको सालिक स्थापना गर्नुपर्ने र नेपाल संवत्का प्रणेता शङ्खधरको नाममा प्रतिष्ठान गठन गर्नुपर्नेलगायतका माग राखेको थियो ।

तपाईको प्रतिक्रिया