Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेपालीहरुको दोस्रो महान चाड दीपावली टोकियोमा फरक फरक कार्यक्रम गरी मनाईएको छ ।
म नेपाली ग्रुपको आयोजनामा शनिवार साँझ एक भेटघाट सहितको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा जमुना सनम लगायतका कलाकारहरुले बिभिन्न तिहार बिशेष साँगीतिक प्रस्तुतीहरु पस्केका थिए । कार्यक्रम शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा भएको थियो ।

सोही साँझ मोना जापानले पनि देउसी भैलो सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लोकप्रिय गायिका जमुना सनम, सोना केसी, बम पुन, छवि पाण्डे, हिरा श्रीष, प्रेमकुमार बस्नेत लगायतका कलाकारहरुले देउसी भैलो खेलेर स्वदेशको झझल्को दिलाएका थिए ।

यसैगरी आइतवार गोरखाली समाज जापानले पनि देउसी भैलो सहितको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी यो वर्षको तिहारलाई बिशेषरुपले मनाएका छन् । सो समाजकी प्रवक्ता कमला काप्रीको स्वागत सहितको शुभकामना मन्तब्यबाट सुरु भएको सो समारोहमा बिभिन्न वक्ताहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । समाजका संयोजक चुडामणि भट्टराईको सभापतित्वमा भएको सो समारोहमा वरिष्ठ गायिका जमुना सनम, सोना केसी, बिनोद भण्डारी, समुन्द्र पौडेल, चेतन घर्ती, छबि पाण्डे, प्रेमकुमार बस्नेत, हिरा श्रीष लगायतका कलाकारहरले देउसी भैलो तथा तिहार बिशेष साँगीतिक प्रस्तुतीहरु पस्केका थिए ।

यसैगरी सोही साँझ पुन क्लव जापानले पनि देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी उल्लासमय वातावरणमा तिहार मनाएका छन् । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै देउसी भैलो खेलेर दक्षिणा संकलन गरिएको थियो । कार्यक्रम टोकियो रोधी क्लवको सभाहलमा भएको थियो ।

यसैगरी आइतवारै पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापान र किरात याक्थुङ चुम्लुङ समाज जापानले पनि देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी यस वर्षको दीपावली हर्षोल्लासका साथ मनाईएको छ । ***

तपाईको प्रतिक्रिया