Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कपिलवस्तु – गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएको छ ।
लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो । आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको छ । आगलागीका कारण आफूहरुले दिपावलीका बेला खुला आकासमुनि कष्टकर दिन बिताउनु परेको पीडित शिब्बड रैदासले बताउनुभयो ।
आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी पीडितलाई आज कपिलवस्तु नगरपालिकाको सहयोगमा त्रिपाल, खाना पकाउने भाँडा, एक हप्तालाई पुग्ने राशनलगायतका सामग्री प्रदान गरिएको नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया