Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

उदयपुर – उदयपुरको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् ।

प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर गरेका हुन् । कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोत प्रहरीले जनाएको छ ।

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको हो । घटना लगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया