Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ भएको वार्तापछि सत्तारुढ दल र गठबन्धनका नेताले वार्ता सकारात्मक ढङ्गले अघि बढेको प्रतिक्रिया दिँदै छिटै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।Nepali-PM-Resident-Baluwatar

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन शनिबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै आइतबार औपचारिक वार्ता भएको हो । सरकारसँगको पहिलो औपचारिक वार्ता सकारात्मक बनेको गठबन्धनका सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई महिनाका बीचमा पहिलो औपचारिक वार्ता भयो, हामीले आफ्ना माग खुलस्त राख्यौँ, त्यसमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्दै सकेसम्म सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराउने भन्नुभएको छ ।’ सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्षसमेत रहनुभएका श्रेष्ठले सङ्घीय आयोगको कार्यक्षेत्र विस्तार गरेर सहमति खोज्न सकिने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी दिनुभयो ।

वार्तामा सहभागी नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले गठबन्धनसँगको वार्ता सकारात्मक र फलदायी भएको बताउनुभयो । उहाँले कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने समझदारी भएको उल्लेख गर्नुभयो । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप सङ्घीय संरचना हुनुपर्ने, समानुपातिक समावेशिताको सुनिश्चित आदि माग दोहोर्याएका थिए ।

वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल तथा गठबन्धनका तर्फबाट नेताहरु महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया