Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

Nuwakot

नुवाकोट – तारुकाघाटबाट जोरचौतारा जाँदै गरेको बा ३ ख २००० नं को यात्रु बस आज तारुका–१ मा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी तारुका–५ की विमला सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उकालोमा जाँदै गरेको बस ब्रेक नलागेर पछाडि हट्न थालेपछि विमला ढोकाबाट हम्फालेर बाहिर निस्किएको र सोही बसले चेप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी पत्रकार विष्णु तारुकेले बताउनुभयो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया