काठमाडौँ – इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इटालीको मध्य भाग प्रयुजियालाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापक संस्था युएसजीले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पबाट भएको मानविय तथा भौतिक क्षतीको विवरण आइनसकेको बताएका छन् ।
गत बुधबार पनि इटालीमा ५.४ र ६.० रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । यस अघि गत अगस्टमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जना भन्दा बढि मानिसको मृत्यु भएको थियो ।