Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा संविधान संशोधन, कार्यान्वयन र दलहरुवीच एकता कायम गर्न रिपोर्टर्स क्लब नेपालको दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागि परेको पनि बताउनुभयो । दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तित्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गर्नुभयो । unnamed-12

पछिल्लो समय मुलुकमा नकारात्मक कुराहरु बढि प्रवाह हुने गरेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सकारात्मक कुरामा पनि सबैले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । आफू भारतको गोवामा ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँगको भेटमा आफूले त्रिदेशीय साझेदारीको कुरा उठाएको स्मरण गर्दै आफ्नो उक्त प्रस्तावमा दुवै देशका प्रमुखहरु सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल देउसीमा गएको पत्रकारको टोलीसँगै नाच्नुभएको थियो ।

तपाईको प्रतिक्रिया