Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

धुलिखेल – वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले शनिवार देखि दुई दिने अनुष्ठान सुरु गराएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए । विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सकंल्प लिएर हिँड्नुभएका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आउनुभएको छ । 1477748344710_ppm_ktm_161029_dsc04305

संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसक्नुभएका उहाँले सन् २००७ देखि नेपालमा अनुष्ठान सुरु गर्नुभएको हो । उद्देश्य प्राप्तिका लागि बर्से्नि एकपटक नेपालमा यज्ञ गराउन आउनु हुने आयातोसीलाई स्वामी गोपालबाबाले ‘जापानी गुरु मोन्जु सत्य’ उपाधि समेत दिनुभएको छ । कार्यक्रमको संयोजन गर्नुहुने नवीन डङ्गोल, पारु डङ्गोल राउत एवम् पण्डितद्वय शिवप्रसाद पोखरेल र हरिकृष्ण प्याकुरेललाई आयातोसीले दुई महिना अघि जापानस्थित आफ्नै घरमा बोलाएर दुई हप्ताको यज्ञ गराउनुभएको थियो ।

नेपाली पण्डितबाट यज्ञ गराएपछि आत्म शान्ति भई उद्देश्य प्राप्तिमा सहजता महसुस गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया