Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाज मार्फत ल्याइनेछन् ।

काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् । उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन । मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।

मुखर्जीको सुरक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

तपाईको प्रतिक्रिया