Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूमाथि चीनमा अपमान भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराई हाल चीनको भ्रमणमा रहनुभएको छ ।

ग्वान्जाउबाट हङकङसम्म रेलमा यात्रा गर्दा आफूमाथि अपमान भएको भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार साँझ बताएका छन् । भट्टराईले लेख्नुभएको छ, ‘ग्वान्जाऊबाट हङकङसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दुःखद सम्झना भयो । सामान्य यात्रीको रूपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदो रहेछ, भन्ने प्रत्यक्ष अनुभूति भयो ।’14695347_894042214066623_2145767198502416283_n

उहाँले नेपाल आर्थिक रुपमा पछि परेकै कारण नेपालीमाथि अपमान भएको ठोकुवा गर्दै थप्नुभएको छ,‘यस घटनाबाट आर्थिकरूपले समृद्ध नबनेसम्म नेपालीको सम्मान विदेशमा रहन्न र त्यस निम्ति आर्थिक विकासलाई अर्जुनदृष्टि लगाएर नयाँ शक्ति अभियानमा अरू दृढतापूर्वक लाग्नुपर्छ भन्ने अठोट झन् बढेको छ । bb

तपाईको प्रतिक्रिया