Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताउनुभएको छ । prakash

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताउनुभयो । न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उहाँले यसको टुङ्गो लाग्दै गर्दा काँग्रेसले पनि निर्णय लिने उल्लेख गर्नु भयो । नेपाली काँग्रेस परिपक्क पार्टी भएको भन्दै उहाँले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने पनि बताउनुभयो ।

फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताउनुभयो । कार्यकारी तहबाट सहमति सम्झौता हुने भन्दै उहाँले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया