Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउनुभयो ।

राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ । केही दिन अघिदेखिनै नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ । प्रवक्ता पन्थीले भन्नुभयो,‘भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ ।’ उहाँले भ्रमणको क्रममा चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरिने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइने छ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिनेछ । राष्ट्रपतिका लागि काठमाडौँ सहित उहाँ जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ ।

उक्त जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ । राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने तयारी गरिएको छ । विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ । भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल–भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो । भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । भारतीय राष्ट्रपतिको सुरक्षा गार्डसमेत केही सङ्ख्यामा नेपाल आउने बताइएको छ ।pranab-mukherjee_president-of-india

नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पालले पोखरा र जनकपुरका लागि आवश्यक सवारीसधान काठमाडौँबाट पठाइन लागेको जानकारी दिनुभयो । राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्णरुपमा खाली गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रपति मुखर्जी कात्तिक १७ गते काठमाडाँै आइ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक पार्टीका नेतासँग भेटवार्ता, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोह, पशुपतिनाथ मन्दिरको दर्शनलगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस्तै कात्तिक १९ गते जनकपुर गई जानकी मन्दिरको दर्शन र त्यहाँको नागरिक अभिनन्दन कार्यक्रम तथा पर्यटकीय नगरी पोखरा गई भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सैनिकको भेलालाई सम्बोधन गर्ने तथा सोही दिन काठमाडौँ आई भारत फर्किने कार्यक्रम रहेको छ ।

यसैबीच, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारी सन्दर्भमा आज जानकारी लिनुभएको छ । गृहमन्त्री निधिलाई जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारीको व्यवस्था र सुरक्षाबारे जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा गृहमन्त्री निधिले पत्रकारसँग कुराकानी गर्दे भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सुमधुर सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, भोगौलिक सम्बन्ध जनस्तरमा भएकाले भारतीय राष्ट्रपतिको भ्रमणले हरेक क्षेत्रमा राम्रो प्रभाव पार्ने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया