Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

धनकुटा – छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को १ ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी सुशीला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा पिकअप चालक विकास राई, सहचालक हर्क माझी, छिन्ताङ ६ का प्रेम भण्डारी, विकास दुलाल, शम्शेर राई र उनका छ वर्षीय छोरा घाइते भएको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

कच्ची सडक र सदरमुकामबाट टाढा भएकाले घाइतेको उद्धारमा ढिलाइ भएको थियो । घटनास्थल धनकुटा सदरमुकामबाट करिब ५० किमी दक्षिण पश्चिममा पर्छ ।

तपाईको प्रतिक्रिया