Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो–’जापान नेपाल मैत्रीसंघ’को आयोजनामा टोकियोमा ‘जापान स्माइल फेस्टिवल’ आज हुँदैछ ।
नेपाल जापान सम्बन्धको ६० औं वर्ष गाँठको अवसरमा हुन गइरहेको यस कार्यक्रम आज ४ बजेदेखि शुरु हुन गइरहेको छ । कार्यक्रम नेपाल र जापानको कुमामोतोका भूकम्प पीडितहरुको सहयोगार्थ हुन गईरहेको आयोजकले बताएको छ ।

कार्यक्रममा रेसलिङ्ग खेल खेल्नको लागि नेपाली रेसलर हिमालयन टाइगर जापान आइसकेका छन् । उनको मैत्रीपूर्ण खेल जापानका रेसलर फुजीनामीसँग हुन गइरहेको छ ।
कार्यक्रममा दुई देशबीचको सांस्कृतिक आदानप्रदान गरिनुका साथै नेपालको व्यापार प्रवर्धन र जापानी परिकारहरुको बारेमा जानकारी पनि गराईने छ ।
अपरान्ह ४ बजेबाट हुन गईरहेको कार्यक्रममा जापानमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरुलाई उपस्थित भइ नेपाली रेसलिङ्ग खेलाडी हिमालयन टाइगरलाई हौसला दिन र कार्यक्रमको शोभा बढाईदिन आयोजकले अनुरोध गरेको छ ।***
tigerevent-one

तपाईको प्रतिक्रिया