Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

balbalika

कावासोती – आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् ।
नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिलाबारे प्रहरी समक्ष आएका घटनाका बारेमा सो जानकारी दिनुभएको हो ।
सो अनुसार आव २०७०/७१ मा २२ बालिका र पाँच बालक, २०७१/७२ मा २० बालिका र आठ बालक तथा आव २०७२/७३ मा २५ बालिका र १३ जना बालिका हराएका छन् ।
बाल अधिकारका क्षेत्रमा अग्रणी मानिएको नवलपरासीमा बालबालिकाको क्षेत्रमा थुप्रै समस्या देखापर्न थालेपछि बालिका सम्मेलन मार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको युवा सरोकार केन्द्र नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
बेचबिखन, बाल यौन हिंसा, बाल विवाह, बाल श्रम, छोरीका लागि शिक्षा कमी जस्ता कारणले यस्तो अवस्था आएको सरोकार भएकाहरुले बताएका छन् । महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रतिनिधि शान्ति केसीले संयन्त्र बलियो नहुँदा बालबालिकामाथि हुने जघन्य अपराध रोकिन नसकेको बताउनुभयो । कार्यक्रममा सांसद कृष्ण पौडेलले बालबालिकामाथि हुने हिंसाका घटनालाई संसद्मा समेत उठाएर सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभयो ।
सम्मेलनले सत्ताइसबुँदे नवलपरासी घोषणपत्र जारी गरेको छ । बालिकामाथि हुने हिंसा रोक्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, रजहर र कावासोती घटनाका दोषीलाई उमुक्ति दिन नहुने, पूर्ण रुपमा बालबालिकासँग सम्बन्धित कानुन कार्यान्वयन हुनुपर्ने र नवलपरासी जिल्लालाई बालमैत्री बनाउन सबै जना लाग्ने लगायत विषय घोषणापत्रमा छन् । सम्मेलनमा जिल्लाका एक सय ५० बालिकाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया