Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावका बारेमा आफूहरु स्पष्ट नभएको जनाएको छ ।
गठबन्धनको विहिबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउँदा आफूहरुसँग कुनै सल्लाह नगरिएको र महाअभियोग के हो त्यो स्पष्ट नभएकाले यी विषयका सन्दर्भमा स्पष्टता आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निर्वाचनका बेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले सङ्घीय गठबन्धनसँग गरेको तीनबुँदे सम्झौता कार्यान्वयन गर्नाको सट्टा समस्यालाई अझै अल्झाउने र आफ्नो मागलाई ओझेलमा पार्ने काम भएको आरोप लगाउँदै गठबन्धनले सहमतिप्रति प्रतिबद्ध भई अक्षरशः कार्यान्वयनका लागि सरकारलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया