Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जनकपुर – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति सकारात्मक भए पनि नेपाली काँग्रेसको सकारात्मक पहलमा कमी देखिएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय एजेन्डालाई गौण बनाउनु देश र जनता विरूद्ध ठूलो षड्यन्त्रको संकेत भएको बताउनुभएको छ । संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह कार्कीबिरूद्धको महाअभियोग प्रस्तावमा देशलाई अल्झाउनु बिडम्बना हो भन्नुभयो ।

लोकमानसिंह कार्की कर्मचारी भएकाले कानुनी प्रक्रिया पुर्‍याई कारबाही गर्नुपर्ने कुरालाई अनावश्यक रूपले राष्ट्रिय सवाल बनाउनु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्वार्थ भएको आरोप लगाउँदै उहाँले कार्कीको महाअभियोग प्रस्ताव सन्दर्भमा मधेसी मोर्चाको निर्णय यथाशीघ्र सार्वजनिक हुने जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया