Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

न्यूयोर्क – नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य रमेश रिजालले नेपालको संविधान कार्यान्वयन को अवस्था अन्तिम चरणमा रहेको वताउनुभएको छ । 1

नेपाली जनसम्पर्क समिति लंगआईलेन्ड च्याप्टर न्यूयोर्कले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले मधेसवादी दल र असन्तुष्ट पक्षका माग समेटीने गरी संविधान संसोधन को प्रक्रियामा सरकार र राजनैतिक दलहरु लागेको हुँदा सवै समस्याको समाधान सहमति र सहकार्य वाट गरिने वताउनुभयो । लोकमान सिंह कार्कीबारे भनाई राख्दै रिजालले आफुलाई सवैभन्दा शक्तिशाली मानेर उनको अतिवाद र सर्वसत्तावादले सिमा नाघेकाले त्यसको परिणाम भोग्नुपरेको बताउनुभयो । संसदमा महाअभियोग प्रस्ताव एमालेले विषय प्रवेश गराउनु राजनैतिक वेईमानी र जनताको आखामा छारो हाल्ने खेल भएपनि लोकमान सिंह हटाउन काँग्रेस आँफै अग्रसर हुने दाबी पनि उहाँले गर्नुभयो ।

अमेरीकामा देखिएको जनसम्पर्क समितिको विवाद सम्वनधमा भनाई राख्दै पुर्व सांसद समेत रहनु भएका नेता रिजालले कुनै पनि नेता वा नेतृत्व सर्वमान्य, सर्व–स्वीकृत हुन नसके पनि प्रक्रियागत र विधिविधान अनुसार निर्वाचित नेतृत्वलाई सवैले मान्नु पर्ने र नेतृत्वले पनि सवैलाई मिलाएर लैजानु पर्ने सुझाव पनि दिनुभयो ।

लंगआईलेन्ड च्याप्टरका सभापति विश्वराज वास्तोलाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरीकाका सभापति आनन्द विष्टले संगठन भित्र काम गर्दा केहि समस्या हरु आउनु स्वभाविक भएको र सवै समस्या विधान सम्मत रुपमा आपसी सहमति र समन्वयमा गरिने र वाहिर देखए जस्तो ठुलो विवाद नभएको वताउनुभयो ।

तपाईको प्रतिक्रिया