Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गर्न ठूला दल एकताबद्ध भई जिम्मेवारीका साथ अगाडि बढ्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् ।14555649_1435197853160435_112827144_n

संयुक्त विद्यार्थी सङ्गठनले आज विरोध प्रदर्शन कार्यक्रममा गर्दै विभिन्न सङ्गठनका विद्यार्थी नेताले मुलुकमा विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन सुझाएका हुन् । उक्त अवसरमा सम्बोधन गर्दै अनेरास्ववियुकीअध्यक्ष नवीना लामाले अख्तियार प्रमुख कार्कीले न्यायालयका विरुद्ध गतिविधि गरेकोमा दुःख व्यक्त गर्दै त्यस्तो छुट कसैलाई पनि नरहेको बताउनुभयो ।

नेवि सङ्घका महामन्त्री कुन्दन काफ्लेले मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियू क्रान्तिकारी केन्द्रका अध्यक्ष नरेन्द्र न्यौपानेले देशमा कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन सो प्रस्ताव अविलम्ब पारित गराउन माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया