Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्व संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ ।prachanda

संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबारको बैठकले महाअिभयोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

सोही अनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको आजको बैठकमा अध्यक्ष दाहालले जानकारी दिनुभएको थियो । अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता भएको महाअभियोगका पक्षमा एक भएर अघि बढ्न बैठकमा सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया