Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावमा कार्तिक ९ गते मंगलबारदेखि छलफल हुने भएको छ ।

आजको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्तावमा ९ गते छलफल गर्ने समय निर्धारण गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ ।

संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया