Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो पारित गराउन माग गर्दै विद्यार्थी सङ्गठनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज बिहान ध्यानाकर्षण गराएका छन् । 14671217_1299570493389096_1170097804330850643_n

नेविसङ्घ, अनेरास्ववियु, क्रान्तिकारी, मधेसी विद्यार्थी  लगायत १३ वटा सङ्गठनले संयुक्त रुपमा देउवा निवासमा गइ सभापति देउवालाई बुझाउँदै यस्तो ध्यानाकर्षण गरेका हुन् । मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको नेबिसंघका उपाध्यक्ष डिल्ली सुवेदीले समुद्रपारिलाई जानकारी दिनुभयो ।

पत्र बुझेपछि सभापति देउवाले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सुवेदीले बताउनुभयो । सभापति देउवाले पार्टी र संसदीय दलको बैठकमा सो प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाउनुभयो । सङ्गठनले आज दिउँसो दबाबमूलक कार्यक्रमस्वरुप बानेश्वरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया